नुवाकोटको जीपलाईन आन्तरिक पर्यटकको केन्द्र बन्दै

विदुर खबर २०७७ मंसिर ५ गते १५:३१

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ को धरमपानीमा रहेको जीपलाईन आन्तरिक पर्यटकको केन्द्र बन्दै गइरहेको छ ।

Advertisement

दरबार एडभेञ्चर प्रालिले संचालनमा ल्याएको जीपलाईन र  स्वीङका कारण अहिले सो क्षेत्र आन्तरिक पर्यटकको आर्कषणको केन्द्र बनेको हो । कोरोना भाइरसका त्रासका बावजुत पजि जीपलाईन र  स्वीङको मज्जा लिन सो क्षेत्रमा मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

उत्त क्षेत्रबाट हिमाली क्षेत्रहरुको सहज दृश्यावलोकन समेत गर्न सकिने भएका कारण पनि आन्तरिक पर्यटक प्रर्वद्धनको महत्वपुर्ण माध्यमको रुपामा यस क्षेत्रलाई लिइएको छ । साहासिक खेलको उपमा पाएको जीपलाईनको माध्यमबाट नुवाकोटको नाम उँचो राख्न समेत यसले महत्वपुर्ण भुमिका खेलेको छ ।

Advertisement

यस क्षेत्रले नुवाकोटको पर्यटन प्रर्वदनमा समेत महत्वपुर्ण भुमिका खेल्ने सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया