उप्रेतीद्धारा छठको अवसर पारेर डेढ दर्जन कवाडी संकलनकर्तालाई कपडा वितरण

विदुर खबर २०७७ मंसिर ५ गते १३:०५

नुवाकोट । होटल तथा पर्यटन व्यवसायी संघ बाग्मति प्रदेशका अध्यक्ष तथा नुवाकोट उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले छठ पर्वको अवसर पारेर नुवाकोटमा रहेका डेड दर्जन कवाडी संकलनकर्ताहरुलाई कपडा वितरण गरेका छन् ।

Advertisement

शुक्रवार बट्टारमा एक कार्यक्रमको आयोजना गर्दै उप्रेतीले जिल्लाका विभिन्न कवाडी संकलन केन्द्रमा कवाडी संकलन गर्दे आएका १५ जना भारतिय मुलकका व्यक्तिहरुलाई कपडा वितरण गरेका हुन् । छठ पर्वको लागि अन्य संकलनकर्ताहरु घर गएकोले अहिले १५ जनालाई मात्र कपडा वितरण गरेको उप्रेतील बताए ।

उप्रेतीले जिल्लाका कवाडी केन्द्रमा काम गर्दे आएका कवाडी संकलनकर्ताहरुको आर्थिक अवस्था हेरेर उनीहरुलाई छठ पर्वको अवसर पारेर एक÷एक ओटा ट्रयाकसुट वितरण गरेको जानकारी दिए । उनले जिल्लाका कवाडी संकलनकर्ताहरुलाइृ गतवर्ष पनि छठको अवसर पारेर कपडा वितरण गरेका थिए ।

Advertisement

नुवाकोटमा अहिले ६ ओटा कवाडी संकलन केन्द्रमा १ सय ५० भन्दा बढी भारतिय नागरिकहरुले कवाडी संकलनकोे काम गर्दे आएकोे कवाडी संघ नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया