अहा ! कस्तो राम्रो शौचालय

विदुर खबर २०७७ मंसिर ५ गते ८:४१

नुवाकोट । ललितपुर महानगरपालिकाको मंगलबजारमा अवस्थित २५ वर्ष पुरानो सार्वजनिक शौचालय पुनर्निर्माण गरिएको छ ।

Advertisement

सुविधासम्पन्न बनाइएको यो शौचालय लैंगिक तथा अपागंतामैत्री छ । ललितपुर महानगरपालिकाले एरोशान कम्पनीसँग सहकार्य गरे यो शौचालय बनाएको हो ।

विश्व शौचालय दिवसको अवसरमा यो शौचालयको बिहीबारबाट सुरु गरिएको हो । सार्वजनिक शौचालय भन्ने बित्तिकै फोहोर, दुर्गन्धित र अव्यवस्थित रुप जो कोहीको पनि दिमागमा आउँछ । तर, यो शौचालयले सार्वजनिक शौचालयबारे आम मानिसको मस्तिष्कमा रहेको छापलाई परिवर्तन गर्न सहयोग गर्छ ।

Advertisement

शौचालय जाँदा सिक्का लिएर जानु पर्छ । शौचालयको भित्तामा रहेको बक्समा सिक्का छिराएपछि शौचालयको ढोका खुल्छ । शौचालयमा प्रयोग गरिएको प्यान पनि विशेष किसिमको छ । उठ्न बस्न गाह्रो हुँदैन । ‘सार्वजनिक शौचालयमा कमोड सफा राख्न गाह्रो हुन्छ, त्यसैले प्यान नै राख्यौ’ एरोशानका प्रमुख प्रकाश अमात्यले बताए ।

शौचालयबाट बाहिर निस्कदा डिजिटल बोर्डमा हात देखाउनुपर्छ । त्यसपछि बाहिर निस्कन संकेत प्राप्त हुन्छ । त्यसपछि बाहिर निस्कन सकिन्छ । ट्वाइलेटको प्रयोगपछि हात धुनका लागि झोल साबुन र पानीको व्यवस्था गरिएको छ । चिसो हात सुकाउन ह्यान्ड ड्रायर राखिएको छ । त्यत्ति मात्रै कहाँ हो, यो शौचालयमा स्यानिटर प्याडको समेत व्यवस्था छ । ६ रुपैयाँ तिरेपछि प्याड प्राप्त गर्न सकिन्छ । प्रयोग भइसकेको उक्त प्याड विर्सजनको विशेष व्यवस्था गरिएको छ । शौचालयको औपचारिक शुभारम्भ कार्यक्रममा पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यो नमूना सार्वजनिक शौचालय भएको बताए ।

Advertisement

सार्वजनिक शौचालय स्मार्ट सहरको एउटा तत्व भएको बताउँदै मंगलबजारको जस्तै सार्वजनिक शौचालय महानगरको अन्य ठाउँमा समेत गर्ने उनले बताए । उनले महानगरपालिकाले मोवाइल शौचालय समेत भित्राउने बताए । उनले भने, ‘तीन वटा मोवाइल शौचालयहरु महानगरले ल्याइसकेको छ ।’

समाचारपत्र दैनिकबाट ।

प्रतिक्रिया