नुवाकोटमा ८ जना कोरोना संक्रमित थपिए

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ३९ जनाकाृ पिसिआर परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ५० पुगेको कार्यालयका सुचना अधिकारी उत्तमरान खनालले जानकारी दिए । हालसम्म नुवाकोटका ७ हजार २ सय २ जनाको स्वाब परिक्षण गरिएको खनालले बताए । यस्तै नुवाकोटमा संक्रिय कोरोना संक्रमितको संख्या २ सय ७० पुगेको छ । उनीहरुमध्ये २ सय ६६ जना होम आइसोलेसनमा,६ जना आइसोलेसन सेन्टरमा र ३ जना त्रिशुली अस्पतालमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ७५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नुवाकोटका ४ सय ७९ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
नुवाकोटमा अहिलेसम्म एकजना कोरोना संक्रमित महिलाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया