ढुङ्गेका सोमबहादुर हिजोदेखि त्रिशुली खोलामा वेपत्ता, खोजी कार्य जारी
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेका अन्दाजी ५२ वर्षिय सोमबहादुर नगरकोटी त्रिशुली खोलामा डुबेर वेपत्ता भएका छन् ।
खोलामा कवाडी समान संकलन गर्दै जाने क्रममा उनी हिजो दिउँसो २ बजेदेखि वेपत्ता भएको स्थानियबासीले बताएका छन् । ड्राईभिङ पेशा समेत गर्दै आएका उनी केहीसमय अघिदेखि कवाडी संकलन गरेर जीवनयावन गर्दे आइरहेको स्थानियबासीले बताएका छन् ।
बेपत्ता भएका उनको खाजीका लागि स्थानिय युवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली हिजोदेखि परिचालन गरेपनि उनको शव भेटिएको छैन । खोलामा पानीको वहाव कम भएपनि प्रहरी र प्रशासनले खोजीमा पहल नगरेको मृतकका आफन्तले गुनासो गरेका छन् ।
खोलामा पानीको वहाब कम भए पनि पानी चिसो भएकोले खोजीमा कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको शव खोज्नको लागि कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर टोली नुवाकोट आउने तयारीमा रहेको सशस्त्र प्रहरी गुल्म नम्बर १९ नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया