ढुङ्गेका सोमबहादुर हिजोदेखि त्रिशुली खोलामा वेपत्ता, खोजी कार्य जारी

विदुर खबर २०७७ मंसिर ४ गते १४:०७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेका अन्दाजी ५२ वर्षिय सोमबहादुर नगरकोटी त्रिशुली खोलामा डुबेर वेपत्ता भएका छन् ।

Advertisement

खोलामा कवाडी समान संकलन गर्दै जाने क्रममा उनी हिजो दिउँसो २ बजेदेखि वेपत्ता भएको स्थानियबासीले बताएका छन् । ड्राईभिङ पेशा समेत गर्दै आएका उनी केहीसमय अघिदेखि कवाडी संकलन गरेर जीवनयावन गर्दे आइरहेको स्थानियबासीले बताएका छन् ।

बेपत्ता भएका उनको खाजीका लागि स्थानिय युवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली हिजोदेखि परिचालन गरेपनि उनको शव भेटिएको छैन । खोलामा पानीको वहाव कम भएपनि प्रहरी र प्रशासनले खोजीमा पहल नगरेको मृतकका आफन्तले गुनासो गरेका छन् ।
खोलामा पानीको वहाब कम भए पनि पानी चिसो भएकोले खोजीमा कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

उनको शव खोज्नको लागि कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर टोली नुवाकोट आउने तयारीमा रहेको सशस्त्र प्रहरी गुल्म नम्बर १९ नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया