बट्टार क्याम्पसमा आजबाट कक्षा ११ को परिक्षा शुरु
नुवाकोट । नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा आजबाट कक्षा ११ को परिक्षा शुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकुलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयहरुमा कक्षा ११ को परीक्षा शुरु गरिएको हो । आन्तरिक मूल्यांकनका आधारमा कक्षा ११ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णयपछि विद्यालयहरुले परीक्षा सञ्चालन गर्न थालेका हुन् ।
कोरोना भाईरसको जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको बट्टार क्याम्पसका प्रमुख भोलाप्रसाद पाण्डेले जानकारी दिए । सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको उनले बताए ।
यसअघि नुवाकोटका केही विद्यालयमा परीक्षा शुरु भईसकेको जानकारी आएको छ भने केही विद्यालयहरु परीक्षाको तयारीमा रहेको जानकारी आएको शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख अर्नुज श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्डले मंसीर १२ गतेभित्र सबै विद्यालयहरुलाई कक्षा ११ परीक्षा गरिसक्न निर्देशन दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया