बट्टार क्याम्पसमा आजबाट कक्षा ११ को परिक्षा शुरु

विदुर खबर २०७७ मंसिर ३ गते ८:३५

नुवाकोट । नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा आजबाट कक्षा ११ को परिक्षा शुरु भएको छ ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकुलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयहरुमा कक्षा ११ को परीक्षा शुरु गरिएको हो । आन्तरिक मूल्यांकनका आधारमा कक्षा ११ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णयपछि विद्यालयहरुले परीक्षा सञ्चालन गर्न थालेका हुन् ।

कोरोना भाईरसको जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको बट्टार क्याम्पसका प्रमुख भोलाप्रसाद पाण्डेले जानकारी दिए । सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको उनले बताए ।

Advertisement

यसअघि नुवाकोटका केही विद्यालयमा परीक्षा शुरु भईसकेको जानकारी आएको छ भने केही विद्यालयहरु परीक्षाको तयारीमा रहेको जानकारी आएको शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख अर्नुज श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले मंसीर १२ गतेभित्र सबै विद्यालयहरुलाई कक्षा ११ परीक्षा गरिसक्न निर्देशन दिएको छ ।

Advertisement

प्रतिक्रिया