नुवाकोटका ३ सय ८७ जना कोरोनामुत्त भएर घर फर्किए

विदुर खबर २०७७ कार्तिक ३० गते ९:३८

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ४० पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३७ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ४० पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकाका २१ जना, बेलकोटगढी नगरपालिकाका ७ जना, तारकेश्वर गाउँपालिकाका ६ जना, लिखु गाउँपालिकाका एकजना र पन्चकन्या गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका २२ पुरुष र १५ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगे नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटका ७ हजार एकसय ६१ जनाकाृ पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

त्यस्तै नुवाकोटका ३ सय ८७ जना कोरोनामुत्त भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ५६ जना कोरोनामुत्त भएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।

हालसम्म नुवाकोटमा एक महिलाको कोरोनाको कारण ज्यान गएको कार्यालयको भनाई रहेको छ ।

Advertisement

प्रतिक्रिया