नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ३ पुग्यो

विदुर खबर २०७७ कार्तिक २९ गते ८:३१

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ३ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र ५ पुरुषसहित ९ जुनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कारोना संक्रमितको संख्या ७ सय ३ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तम खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकाका ३ महिला र ५ पुरुष तथा किस्पाड गाउँपालिकाका एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ७० पुगेको छ ।

खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ३ पुरुष कोरोनामुत्त भएर घर फर्किएका छन् । हालसम्म नुवाकोटका ३ सय ३१ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यस्तै नुवाकोटका एक जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

हालसम्म नुवाकोटका ७ हजार एकसय ६१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया