कर्मचारीमा कोरोना देखिएपछि विदुर नगरपालिका दुई दिनका लागि बन्द
विदुर खबर
२०७७ कार्तिक २८ गते ९:१२
नुवाकोट । एक कर्मचारीमा कोरोना देखिएपछि विदुर नगरपालिका कार्यालय दुई दिनका लागि बन्द गरिएको छ ।
बिहीबार विदुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गरी दुई दिन विदुर नगरपालिका कार्यालय तथा सम्पूर्ण वडा कार्यालयहरु बन्द रहने जानकारी गराएको हो ।
विदुर नगरपालिकाका कर्मचारीमा कोरोनो पोजिटिभ देखिएकोले सम्पूर्ण कर्मचारीहरु कन्ट्र्याक ट्रेसिङमा परी क्वारेन्टिनमा रहनु पर्ने भएकाले समुदायमा संक्रमण फैलन नदिनका लागि दुई दिन नगर र वडा कार्यालयहरु बन्द गर्नु परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर चापागाईंले बताए ।
यसअघि १३ नम्बर वडा कार्यालयमा एक कर्मचारीलाई कोरोना संक्रमित भेटिएपछि केही दिन कार्यालय बन्द गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया