कञ्चना देउरालीलाई खेलकुद सामग्री सहयोग
नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर ६ मा रहेको कञ्चना देउराली युवा क्लबलाई १५ थान फुटबल जर्सी सहयोग प्राप्त भएको छ ।
स्थानीय समाजसेवि ज्ञानेन्द्र घिमिरेद्वारा क्लबका कोषाध्यक्ष प्रदिप नेपालमार्फत खेलकुद सामग्री हस्तान्तरण गरेका छन् ।
क्लबले सामाजिक, खेलकुद लगायतका सामाजिक कार्यमा पुर्याउदै आईरहेको अतुलनीय योगदानमा साथ दिनको लागि खेलकुद सामाग्री सहयोग गरेको घिमिरेले बताए ।
क्लबको सहकार्यमा साथ दिन स्थानीय तथा समाजसेवीद्वारा क्लबलाई थप सहयोग प्राप्त भएको छ । सहयोगकै क्रममा क्लबको कार्यालय संचानलको लागि स्थानीय नारायण नेपालले एक कोठा नि:शुल्क रुपमा सहयोग गरेको क्लबका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।
यस्तै, राजेन्द्र बास्कोटाबाट दुई थान फुटबल सहयोग गरेका छन्। बेलकोटगढी वडा नम्बर ६ नेकपाको वडा सचिव शिव दाहाल, ओमकुमार दाहाल, चन्द्रबहादुर बमजन र अर्जुन खतिवडाले आर्थिक सहयोग गरेको क्लबले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया