कञ्चना देउरालीलाई खेलकुद सामग्री सहयोग

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर ६ मा रहेको कञ्चना देउराली युवा क्लबलाई १५ थान फुटबल जर्सी सहयोग प्राप्त भएको छ ।
स्थानीय समाजसेवि ज्ञानेन्द्र घिमिरेद्वारा क्लबका कोषाध्यक्ष प्रदिप नेपालमार्फत खेलकुद सामग्री हस्तान्तरण गरेका छन् ।
क्लबले सामाजिक, खेलकुद लगायतका सामाजिक कार्यमा पुर्याउदै आईरहेको अतुलनीय योगदानमा साथ दिनको लागि खेलकुद सामाग्री सहयोग गरेको घिमिरेले बताए ।
क्लबको सहकार्यमा साथ दिन स्थानीय तथा समाजसेवीद्वारा क्लबलाई थप सहयोग प्राप्त भएको छ । सहयोगकै क्रममा क्लबको कार्यालय संचानलको लागि स्थानीय नारायण नेपालले एक कोठा नि:शुल्क रुपमा सहयोग गरेको क्लबका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।
यस्तै, राजेन्द्र बास्कोटाबाट दुई थान फुटबल सहयोग गरेका छन्। बेलकोटगढी वडा नम्बर ६ नेकपाको वडा सचिव शिव दाहाल, ओमकुमार दाहाल, चन्द्रबहादुर बमजन र अर्जुन खतिवडाले आर्थिक सहयोग गरेको क्लबले जनाएको छ।
प्रतिक्रिया