आईचर दुर्घटनामा नुवाकोट तारकेश्वका दुई जनाको ज्यान गयो

विदुर खबर २०७७ कार्तिक २७ गते ८:२२

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका २ जनाको आइचर दुर्घटनामा परि ज्यान गएको छ ।

Advertisement

मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका कल्लेरी डाँडाका माधव घिमिरे र दानसिंहका भुपेन्द्र तामाड रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहोराले जानकारी दिए । काठमाडौंको कलंकीमा आज बिहानै रोकिराखेको ट्रकलाई आइचरले ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि अन्य एक जनाकाृ पनि ज्यान गएको प्रहरीले बताएको छ । मुत्यु हुनेमा सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामाङ रहेका छन् । मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको आइचरले ठक्कर दिएको बताइएको छ ।

Advertisement

प्रहरीका अनुसार दुर्घटनामा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर छ ।

प्रतिक्रिया