आईचर दुर्घटनामा नुवाकोट तारकेश्वका दुई जनाको ज्यान गयो
विदुर खबर
२०७७ कार्तिक २७ गते ८:२२
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका २ जनाको आइचर दुर्घटनामा परि ज्यान गएको छ ।
मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका कल्लेरी डाँडाका माधव घिमिरे र दानसिंहका भुपेन्द्र तामाड रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहोराले जानकारी दिए । काठमाडौंको कलंकीमा आज बिहानै रोकिराखेको ट्रकलाई आइचरले ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि अन्य एक जनाकाृ पनि ज्यान गएको प्रहरीले बताएको छ । मुत्यु हुनेमा सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामाङ रहेका छन् । मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको आइचरले ठक्कर दिएको बताइएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया