नुवाकोटमा आज थपिए ३६ जना कोरोना संक्रमित

विदुर खबर २०७७ कार्तिक २६ गते २०:२८

नु्वाकोट । नुवाकोटमा पछिल्लो १४ घण्टामा जिल्लामा ३६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका १२ महिला र १९ पुरुष, सुर्यगढी गाउँपालिकाका २ पुरुष र किस्पाङ, शिवपुरी र पन्चकन्या गाउँपालिकाका समान एक÷एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा भेटिएका सबै कोरोना संक्रमित होम आइसोलेसनमा रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ सय ८३ पुगेको छ । जसमध्ये ४ सय ८२ पुरुष र एकसय ४२ महिला रहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।
त्यस्तै नुवाकोटका ३ सय १९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोनामुत्त हुनेमा २ सय ३७ पुरुष र ८२ महिला रहेका छन् । नुवाकोटका ६ हजार ८ सय ९४ जनाको पिसिआर परिक्षण हुँदा ५६ जनाको रिर्पोट आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

Advertisement

हालसम्म नुवाकोटमा एक महिलाको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया