राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण

विदुर खबर २०७७ कार्तिक २६ गते १९:३५

नुवाकोट । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

केही दिनयता अस्वस्थ रहेका केसीकाे बुधबार पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार केसीको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया