नुवाकोटमा कोरोना सक्रमितको संख्या ६ सय ४७ पुग्यो
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ सय ४७ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५ महिला र ४ पुरुषसहित ९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकाका एक महिला र ३ पुरुष, दुप्चेश्वर गाउँपालिकाका ३ महिला र एक पुरुष तथा लिखु गाउँपालिकाका एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ४७ पुगेको उनले बताए । खनालका अनुसार आज भेटिएका सबै कोरोना संक्रमितहरु होम आइसोलेसनमा उपचाररत गरिरहेका छन् ।
यस्तै हालसम्म नुवाकोटका २ सय ९९ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा जिल्लाका ३ महिला र २ पुरुष गरि ५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
यस्तै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४६ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार नुवाकोटमा हालसम्म ६ हजार ८ सय ९४ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये एकसय ९९ जनाको रिर्पाट आउन बाकी रहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया