बेलकोटगढीको झिल्टुङ प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन

विदुर खबर २०७७ कार्तिक २५ गते १६:५४

झिल्टुङ । सर्वसाधारणको सुरक्षाका लागि नुवाकोटको दुर्गम भेगमा आधुनिक प्रहरीचौकी भवन निर्माण गरिएको छ ।

Advertisement

वागमति प्रदेश सरकारको सहयोगमा वेलकोटगढी नगरपालिका वडा नं. ६ घ्याम्पे देउरालीमा आधुनिक र सुविधायुक्त प्रहरी कार्यालय भवनको निर्माण गरिएको हो । विदुरदेखि ३५ किलोमिटर पुर्वमा रहेको सो स्थानमा सर्वसाधारणको शान्ति सुरक्षामा प्रभावकारिता ल्याउनका लागि पक्कि आधुनिक प्रहरी कार्यालय भवनको निर्माण गरिएको हो

वागमति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । अढाई तले भवनभित्र कार्यालय, व्यारेक, थुनुवा कक्ष, मेस तथा आवाससमेत गरि नौ कोठा रहेका छन् ।  भवन वागमति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा कुल एक करोड ८६ लाख ६३ हजार ६ सय २७ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक तुलवहादुर कार्कीले जानकारी दिए ।

Advertisement

नवनिर्मित भवनको मंगलवार वागमति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रि शालिकराम जमरकट्टेलले उद्घाटन गरे । उनले शान्तिसुरक्षा हरेक नागरिकको अधिकारको विषय भएको कारण प्रभावकारी रुपमाा शान्तिसुरक्षा प्रदान गर्ने उद्धेश्यले भवनको निर्माण गरिएको वताए ।

कार्यक्रममा वागमति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, वागमति प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामा, वेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाललगायतले प्रहरी कार्यालयको आधुनिक र पक्कि भवन निर्माणसंगै स्थानीयवासीलाई शान्ति सुरक्षा तथा गाउंमा सुरक्षा व्यवस्था प्रभावकारी वनाउन सजिलो भएकोे वताए ।

Advertisement

नवनर्मित प्रहरीचौकीवाट स्थानीयवासीलाई शान्तिस’रक्षा, गाउंमा अमनचयन तथा सुरक्षाव्यवस्था सहज वनाउन सुविधा पुगेको झिल्टुङ प्रहरीचौकीका प्रमख प्रहरी सहायक निरीक्षक सुदीप थापाले जानकारी दिए ।

प्रतिक्रिया