नुवाकोटका विष्णुप्रसाद पाण्डेद्धारा एकसय ७४ परिवारलाई खाद्यान्न वितरण

विदुर खबर २०७७ कार्तिक २४ गते २०:२९

नुवाकोट । दिवंगत हुनुभएका आफ्ना पिता धननाथ पाण्डेको सम्झनामा विदुर नगरपालिका वडा नम्बर २ सरस्वतीस्थान स्थाई घर भई हाल अमेरिकामा बसोवास गर्दै आइरहेका विष्णुप्रसाद पाण्डेले एकसय ७४ जनालाई खाद्यान्न र नगद सहयोग गरेका छन् ।

Advertisement

नेपालीहरुको महान चाड तिहारको पुर्वसन्ध्यामा सोमबार एक कार्यक्रममो आयोजना गर्दै वडा नम्बर २ का दरवार क्षेत्रका असहाय,वृद्दवृद्दा विपन्न तथा दतिल समुदायका एकसय ७४ परिवारलाई खाध्यान्न वितरण गरेको विष्णुप्रसाद पाण्डेका दाजु जगन्नाथ पाण्डेले जानकारी दिए । प्रति परिवारलाई ५ सय रुपैयाँ नगदसहित एक बोरा चामल, नुन, तेल,चिनि, दाल वितरण गरेको उनले बताए ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विरेन्द्रकुमार शाहीले कोभिडका कारण सबै क्षेत्र प्रभावित भइरहेको अवस्थामा पाण्डे परिवारले राहात वितरण गरेर स्थानिय सरकारले गर्नुपर्ने काम गरेको बताए । वडाध्यक्ष शाहीले आगामी दिनमा पनि पाण्डे परिवाबाट यस्तै किसिमका सहयोग पाउने आशा व्यक्त गरे ।

Advertisement

त्यस्तै धननाथ पाण्डेकी धर्मपत्नी रामेश्वरी पाण्डेले गाउँमा रहेका असहाय,गरिव वृद्धवृद्धाहरुलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

त्यस्तै आर.वी ज्वेलर्सका प्रोपाइटर रमेश विश्वकर्माले पाण्डे परिवारको सहयोगले चाडपर्वको पुर्वसन्ध्यामा दरवार क्षेत्रका असहाय,वृद्दवृद्दा विपन्न तथा दतिल समुदायका व्यक्तिको घरमा केही भएपनि राहात पुगेको बताए । उनले आगामी दिनमा विष्णुप्रसाद पाण्डेसँग सहकार्य गरेर आफुरले पनि गाउँका असहाय,वृद्दवृद्दा विपन्न तथा दतिल समुदायका व्यक्तिहरुलाई खाद्यान्न सामाग्री वितरण गर्न सहयोग पुराउने प्रतिवद्दता व्यक्त गरे ।

Advertisement

खाद्यान्न नगद पाएसँगै गाउँका दरवार क्षेत्रका असहाय,वृद्दवृद्दा विपन्न तथा दतिल समुदायका व्यक्तिहरुले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया