नुवाकोटका विष्णुप्रसाद पाण्डेद्धारा एकसय ७४ परिवारलाई खाद्यान्न वितरण
नुवाकोट । दिवंगत हुनुभएका आफ्ना पिता धननाथ पाण्डेको सम्झनामा विदुर नगरपालिका वडा नम्बर २ सरस्वतीस्थान स्थाई घर भई हाल अमेरिकामा बसोवास गर्दै आइरहेका विष्णुप्रसाद पाण्डेले एकसय ७४ जनालाई खाद्यान्न र नगद सहयोग गरेका छन् ।
नेपालीहरुको महान चाड तिहारको पुर्वसन्ध्यामा सोमबार एक कार्यक्रममो आयोजना गर्दै वडा नम्बर २ का दरवार क्षेत्रका असहाय,वृद्दवृद्दा विपन्न तथा दतिल समुदायका एकसय ७४ परिवारलाई खाध्यान्न वितरण गरेको विष्णुप्रसाद पाण्डेका दाजु जगन्नाथ पाण्डेले जानकारी दिए । प्रति परिवारलाई ५ सय रुपैयाँ नगदसहित एक बोरा चामल, नुन, तेल,चिनि, दाल वितरण गरेको उनले बताए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विरेन्द्रकुमार शाहीले कोभिडका कारण सबै क्षेत्र प्रभावित भइरहेको अवस्थामा पाण्डे परिवारले राहात वितरण गरेर स्थानिय सरकारले गर्नुपर्ने काम गरेको बताए । वडाध्यक्ष शाहीले आगामी दिनमा पनि पाण्डे परिवाबाट यस्तै किसिमका सहयोग पाउने आशा व्यक्त गरे ।
त्यस्तै धननाथ पाण्डेकी धर्मपत्नी रामेश्वरी पाण्डेले गाउँमा रहेका असहाय,गरिव वृद्धवृद्धाहरुलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
त्यस्तै आर.वी ज्वेलर्सका प्रोपाइटर रमेश विश्वकर्माले पाण्डे परिवारको सहयोगले चाडपर्वको पुर्वसन्ध्यामा दरवार क्षेत्रका असहाय,वृद्दवृद्दा विपन्न तथा दतिल समुदायका व्यक्तिको घरमा केही भएपनि राहात पुगेको बताए । उनले आगामी दिनमा विष्णुप्रसाद पाण्डेसँग सहकार्य गरेर आफुरले पनि गाउँका असहाय,वृद्दवृद्दा विपन्न तथा दतिल समुदायका व्यक्तिहरुलाई खाद्यान्न सामाग्री वितरण गर्न सहयोग पुराउने प्रतिवद्दता व्यक्त गरे ।
खाद्यान्न नगद पाएसँगै गाउँका दरवार क्षेत्रका असहाय,वृद्दवृद्दा विपन्न तथा दतिल समुदायका व्यक्तिहरुले खुशी व्यक्त गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया