जिएफएन फाउन्डेसनद्दारा ताकेश्वरका २० परिवारलाई बाख्रा वितरण
नुवाकोट । विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले नेपालका लागि असल मित्र (जिएफएन) काठमाण्डौ फाउन्डेसनले तारकेश्वर गाउँपालिका वडा नम्बर ३ खानीगाउँका २० घरपरिवारलाई बाख्रा वितरण गरेको छ ।
आईतवार नेपालका लागि असल मित्र (जिएफएन) ले आय–आर्जनमा सहयोग पु¥याउने उद्देश्यले खानीगाउँका किसानहलाई बाख्रा वितरण गरेको हो । जिएफएनले प्रति कृषक एउटाका दरले २० वटा बाख्रा वितरण गरेको संस्थाका अध्यक्ष डा. भिमलाल तामाङले जानकारी दिए । उनले स्थानिय रुपबहादुर तामाङ लगायत अन्य २० जनालाई एक÷एक ओटा बाख्रा वितरण गरिएको बताए ।
निशुल्क वितरण गरिएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका डा. भिमलाल तामाङले विश्वास व्यक्त गरे । अध्यक्ष तामाङले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे ।
बाख्रा हस्तान्तरण गर्दै डा तामाङले भने, “बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” वडा नम्बर ३ बाख्रापालनका लागि उपयुक्त वातावरण भएको वडा रहेको बताउँदै उहाँले व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय अघि बढाउन उन्नत जातको बोका पनि आवश्यक रहेको जनाए ।
बाख्रा पाएसँगै कृषक रुपबहादुर तामाङले खुसी व्यक्त गरे । उनले बाख्रा व्यवसायको गाउँमा ठुलो संभावना रहेको भन्दै आगामी दिनमा व्यवसायिक रुपमा बाख्रापलन गर्ने बताए । बाख्रा वितरणसँगै गाउँमा बाख्रापालन कृषक समुह गठन गरि त्यसको रेखदेख र हेरचार गरिने बताइएको छ ।
नेपालका लागि असल मित्र (जिएफएन)ले नुवाकोटको किस्पाङ, म्याघङ, तारकेश्वर, दुप्चेश्वर र विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा विभिन्न परियोजनामार्फत काम गर्दे आइरहेको छ ।
यसअधि सो संस्थाले विदुर ७ तुप्चेका २० एकल महिलाका परिवारलाई समेत बाख्रा वितरण गरिसकेको संस्थाका अध्यक्ष डा. भिमलाल तामाङले जानकारी दिए । बाख्रा वितरण कार्यक्रममा जनता समाजबादी पार्टीका केन्द्रिय परिषद सदस्य राजन वम, जसपा नुवाकोटका उपाध्यक्ष अजित तामाङ लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया