शुभकामना बहुउद्देश्यीय सहकारीको १९ औ वार्षिक साधारणसभा सम्पन्न
वेत्रावति । विदुर नगरपालिका वडा नम्बर १० वेत्रावतिमा रहेको श्री शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
सहकारीको सामाजिक दुरी कायम गर्दे उत्तरगया बोर्डिड स्कुलमा साधारणसभा सम्पन्न भएको हो । सहकारीले कोरोना भाइसरको कारण साधारणसभालाई सामान्य रुपमा मनाएको सहरकारीका अध्यक्ष हरिकृष्ण डंगोलले जानकारी दिए । साधारणसधाको प्रमुख अतिथिमा स्थानिय ज्येष्ठ सेयर सदस्य मंगलिमाया डङ्गोल रहेका थिए ।
साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्र्दै कोषाध्यक्ष राजकुमार प्याकुरेलले गत वषर्मा सहकारीले १४ लाख ४९ हजार एकसय ५६ रुपैयाँ नाफा कमाएको उल्लेख गरेका छन् । कोरोना भाइरसको कारण सहकारीको नाफा प्रभावित भएको भन्दै उनले आगामी वर्ष नाफानलाई दोब्ब्र बनाउने लक्ष्य लिएको बताए ।
यस्तै सहकारीको आर्थिक वर्ष २०७५\७६ को तुलनामा आर्थिक वर्ष ७६\७७ मा आएर वासलत अर्थात सम्पति दायित्वमा समेत वृद्धि भएको सहकारीका व्यवस्थापक विवश डंगोलले विदुर खबरलाई बताए । आर्थिक वर्ष २०७५\७६ मा सहकारीको वासलत ५ करोड ५७ लाख एकहजार २ सय रुपै्रयाँ रहेकोमा आर्थिक वर्ष २०७६\७७ मा आएर ७ करोड ९ लाख एक सय रुपैया पुगेको बताइएको छ ।
साधारणसभामा लेखा समितिको प्रतिवेदन अस्टमान डङ्गोल, ऋण समितिको प्रतिवेदन अजितदास डङोल र शिक्षा समितिको प्रतिवेदन रमेशकुमार लामिछानेले प्रस्तुत गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया