शुभकामना बहुउद्देश्यीय सहकारीको १९ औ वार्षिक साधारणसभा सम्पन्न

विदुर खबर २०७७ कार्तिक २२ गते १६:२८

वेत्रावति । विदुर नगरपालिका वडा नम्बर १० वेत्रावतिमा रहेको श्री शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

Advertisement

सहकारीको सामाजिक दुरी कायम गर्दे उत्तरगया बोर्डिड स्कुलमा साधारणसभा सम्पन्न भएको हो । सहकारीले कोरोना भाइसरको कारण साधारणसभालाई सामान्य रुपमा मनाएको सहरकारीका अध्यक्ष हरिकृष्ण डंगोलले जानकारी दिए । साधारणसधाको प्रमुख अतिथिमा स्थानिय ज्येष्ठ सेयर सदस्य मंगलिमाया डङ्गोल रहेका थिए ।

साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्र्दै कोषाध्यक्ष राजकुमार प्याकुरेलले गत वषर्मा सहकारीले १४ लाख ४९ हजार एकसय ५६ रुपैयाँ नाफा कमाएको उल्लेख गरेका छन् । कोरोना भाइरसको कारण सहकारीको नाफा प्रभावित भएको भन्दै उनले आगामी वर्ष नाफानलाई दोब्ब्र बनाउने लक्ष्य लिएको बताए ।

Advertisement

यस्तै सहकारीको आर्थिक वर्ष २०७५\७६ को तुलनामा आर्थिक वर्ष ७६\७७ मा आएर वासलत अर्थात सम्पति दायित्वमा समेत वृद्धि भएको सहकारीका व्यवस्थापक विवश डंगोलले विदुर खबरलाई बताए । आर्थिक वर्ष २०७५\७६ मा सहकारीको वासलत ५ करोड ५७ लाख एकहजार २ सय रुपै्रयाँ रहेकोमा आर्थिक वर्ष २०७६\७७ मा आएर ७ करोड ९ लाख एक सय रुपैया पुगेको बताइएको छ ।

साधारणसभामा लेखा समितिको प्रतिवेदन अस्टमान डङ्गोल, ऋण समितिको प्रतिवेदन अजितदास डङोल र शिक्षा समितिको प्रतिवेदन रमेशकुमार लामिछानेले प्रस्तुत गरेका थिए ।

Advertisement

प्रतिक्रिया