विदुर नगरपालिकाका थप २४ जनामा कोरोना संक्रमण पुष्टि
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाकाका १७ पुरुष र ७ महिलासहित जिल्लाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका २० पुरुष र ८ महिलासहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै बेलकोटगढी नगरपालिका, किस्पाड गाउँपालिका, सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकाका समान एक जनामा कोरोना भाइसरको संक्रमण देखिएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । खनालका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका सबै कोरोना संक्रमितहरु होम आइसोलेसनमा उपचार गरिरहेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटका २ सय ८७ जना कोरोनामुत्त भएर घर फर्किएका छन् । जसमा २ सय १९ पुरुष र ६८ महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
हालसम्म नुवाकोटका ६ हजार ६ सय ४६ जनाको पिसिआर परिक्षण गरिएको छ भने ५८ जनाको पिसिआर रिर्पाट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा हालसम्म एकजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया