विदुर नगरपालिकाका थप २४ जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७७ कार्तिक २२ गते १२:४८

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाकाका १७ पुरुष र ७ महिलासहित जिल्लाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका २० पुरुष र ८ महिलासहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बेलकोटगढी नगरपालिका, किस्पाड गाउँपालिका, सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकाका समान एक जनामा कोरोना भाइसरको संक्रमण देखिएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । खनालका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका सबै कोरोना संक्रमितहरु होम आइसोलेसनमा उपचार गरिरहेका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटका २ सय ८७ जना कोरोनामुत्त भएर घर फर्किएका छन् । जसमा २ सय १९ पुरुष र ६८ महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

हालसम्म नुवाकोटका ६ हजार ६ सय ४६ जनाको पिसिआर परिक्षण गरिएको छ भने ५८ जनाको पिसिआर रिर्पाट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

नुवाकोटमा हालसम्म एकजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया