नुवाकोटको बेलकोटगढीका इन्जिनियर पर्वत पाैडेल घुससहित रंगेहात पक्राउ

विदुर खबर २०७७ कार्तिक २२ गते ११:२७

 नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पाैडेल एकबिहानै घुससिहत रंगेहात पक्राउ परेका छन ।

Advertisement

शनिबार बिहान जिल्लाकै विदुर नगरपालिकाको बट्टार बजारमा रहेको एक मिठाइ पसमा बसेर घुस खाँदै गर्दा इन्जियर पाैडेल पक्राउ परेका हुन ।

उनी सागर मिठाइ भण्डारबाट सेवाग्राहीसँग लिएको ७५ हजार घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ । यसअघि पनि बेलकोटगढी नगरपालिकाकै इन्जिनियर बद्री भण्डारी काठमाडौँबाट घुससहित पक्राउ परेका थिए ।

Advertisement

प्रतिक्रिया