नुवाकोटका २ सय ८० जना कोरोना मुत्त भए
नुवाकोट । नुवाकोटका २ सय ८० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्याल्य नुवाकोटका अनुसार नुवाकोटमा रहेका ५ सय ९० जना कोरोना संक्रमितमध्ये २ सय ८० जना कोरोनामुत्त भएर घर फर्किएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार कोरोनामुत्त हुनेमा २ सय १३ पुरुष र ६७ महिला रहेका छन् ।
कार्यालयका सुचना अधिकारी खनालका अनुसार जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ८ पुगेको छ । हालसम्म जिल्लाका ६ हजा ६ सय ३३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जसमध्ये ४३ जनाको नतिजा आउन बाँकी रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
जिल्लाका ३ सय ८ जना सक्रिय कोरोना संकमितमध्ये ३ सय जना होम आइसोलेसनमा, नुवाकोटका अस्पतालको आइसोलेसनमा एकसय ५१ जना र ३ जना अन्य अस्पतालका आइसोलेसनमा उपचाररत छन् । हालसम्म नुवाकोटमा एकजना महिलाको कोरोना भाइरसको कारण ज्यान गएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया