नुवाकोटका २ सय ८० जना कोरोना मुत्त भए

विदुर खबर २०७७ कार्तिक २१ गते २०:४१

नुवाकोट । नुवाकोटका २ सय ८० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्याल्य नुवाकोटका अनुसार नुवाकोटमा रहेका ५ सय ९० जना कोरोना संक्रमितमध्ये २ सय ८० जना कोरोनामुत्त भएर घर फर्किएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार कोरोनामुत्त हुनेमा २ सय १३ पुरुष र ६७ महिला रहेका छन् ।

कार्यालयका सुचना अधिकारी खनालका अनुसार जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ८ पुगेको छ । हालसम्म जिल्लाका ६ हजा ६ सय ३३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जसमध्ये ४३ जनाको नतिजा आउन बाँकी रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।

Advertisement

जिल्लाका ३ सय ८ जना सक्रिय कोरोना संकमितमध्ये ३ सय जना होम आइसोलेसनमा, नुवाकोटका अस्पतालको आइसोलेसनमा एकसय ५१ जना र ३ जना अन्य अस्पतालका आइसोलेसनमा उपचाररत छन् । हालसम्म नुवाकोटमा एकजना महिलाको कोरोना भाइरसको कारण ज्यान गएको छ ।

प्रतिक्रिया