नुवाकोटका थप १६ जनामा कोरोना संक्रमण पुष्टि
नुवाकोट । नुवाकोटका थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा बेलकोटगढी नगरपालिकाका ६ पुरुष र ४ महिलासहित १० जना, सुर्यगढी गाउँपालिकाका ३ पुरुष र एक महिला तथा विदुर नगरपालिकाका एकजना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ९० पुगेको छ । जसमध्ये ४ सय २० पुरुष र एकसय ७० जना महिला रहेका छन् । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।
पछिल्लो २४ घण्टाका संक्रमितमध्ये १६ जना नै होम आइसोलेसन उपचाररत रहेको खनालले बताए । यस्तै होम आइसोलेसनमा रहेका दुई पुरुष र एक महिला त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा सरेको उनले बताए । यस्तै नुवाकोटका २ सय ८० जना कोरोना सक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका एकसय १४ जनाको पिसिआरको लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया