बागमती प्रदेशमा अझै २३ हजार सक्रिय संक्रमित उपचाररत
विदुर खबर
२०७७ कार्तिक १९ गते ८:०४

नुवाकोट । बागमती प्रदेशमा हाल सम्म ९३ हजार ३ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।
नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । कोरोना संक्रमणकै कारण यस प्रदेशमा ४ सय ९१ जनाको मृत्यु भइसकेको उहाँले वताउनुभयो । बागमती प्रदेशमा दैनिक २ हजारको ाराहारीमा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया