बट्टार सुकुम्बासी टोलका रोमन बिश्वकर्मा ठगीको आरोपमा पक्राउ

विदुर खबर २०७७ कार्तिक १८ गते २०:२७

नुवाकोट । ठगी गरेको आरोपमा लिखु गाउँपालिका वडा नम्बर १ घर भई हाल विदुर नगरपालिका वडा नम्बर ४ बट्टार सुकुम्बासी टोलमा वसोवास गर्दै आएका रोमन बिश्वकर्मा पक्राउ परेका छन् ।

Advertisement

उनलाई विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको रत्नकाजी बज्रचार्य एण्ड सन्समा ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विश्वकर्माले सो सुन पसलबाट सुनको सिक्रि, झुम्का, मंगलसुत्र मुन्द्रा, फुली, सानो मुन्द्रा र चादिको ब्रासलेट गरि ३ लाख ६३ हजार ६ सय ५० रुपैयाँको गहना खरिद लिई फरार भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

विश्वकर्माले सुनको गहना लिएर गोजिबाट पैसा झिक्न लागेको जस्तो गरी पैसा घरमा नै छुटेछ, म पैसा लिएर आउछू भनि गहना लिई गएको र साँझसम्म पनि नफर्किएप्छि उनलाई नुवाकोट र धादिङको सिमा नाकामा स्थापना गरिएको अस्थायी प्रहरी पोष्ट कोल्पुटारबाट पक्राउ गरिएको हो ।

Advertisement

उनलाई ठगी अपराधिक बिश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत नुवाकोट पेश गराइएको छ ।

प्रतिक्रिया