बट्टार सुकुम्बासी टोलका रोमन बिश्वकर्मा ठगीको आरोपमा पक्राउ
नुवाकोट । ठगी गरेको आरोपमा लिखु गाउँपालिका वडा नम्बर १ घर भई हाल विदुर नगरपालिका वडा नम्बर ४ बट्टार सुकुम्बासी टोलमा वसोवास गर्दै आएका रोमन बिश्वकर्मा पक्राउ परेका छन् ।
उनलाई विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको रत्नकाजी बज्रचार्य एण्ड सन्समा ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विश्वकर्माले सो सुन पसलबाट सुनको सिक्रि, झुम्का, मंगलसुत्र मुन्द्रा, फुली, सानो मुन्द्रा र चादिको ब्रासलेट गरि ३ लाख ६३ हजार ६ सय ५० रुपैयाँको गहना खरिद लिई फरार भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
विश्वकर्माले सुनको गहना लिएर गोजिबाट पैसा झिक्न लागेको जस्तो गरी पैसा घरमा नै छुटेछ, म पैसा लिएर आउछू भनि गहना लिई गएको र साँझसम्म पनि नफर्किएप्छि उनलाई नुवाकोट र धादिङको सिमा नाकामा स्थापना गरिएको अस्थायी प्रहरी पोष्ट कोल्पुटारबाट पक्राउ गरिएको हो ।
उनलाई ठगी अपराधिक बिश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत नुवाकोट पेश गराइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया