नुवाकोटमा हालसम्मकै बढी कोरोना संक्रमित भेटिए, ६० जनामा पुष्टि

विदुर खबर २०७७ कार्तिक १८ गते १९:४९

नुवाकोट । नुवाकोटमा आज ६० जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिका, पन्चकन्या गाउँपालिका, लिखु गाउँपालिका, ,तादी गाउँपालिका र ककनी गाउँपालिकामा कोरोना संक्रमित भेटिएका हुन् ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा  बिदुर नगरपालिका ३१ जना पुरुषसहित ५२ जना, पन्चकन्या गाउँपालिकाका ३ पुरुष र एकमहिलासहित ५ जना ,लिखु गाउँपालिकाका २ महिला, तादी गाउँपालिकाका एक महिला र ककनी गाउँपलिकाका एक जना पुरुस गरि ६० जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

Advertisement

पछिल्लौ २४ घण्टामा जिल्लाका एकसय ७३ जनाको पिसिआरको लागि स्वाब स्ांकलन गरिएको थियो । संक्रमितहरुको अवस्था सामान्य भएकोले उनीहरु सबै होम आइसोलेसनमा रहेको खनालले जानकारी दिए । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ५ सय ७३ पुगेको छ । यस्तै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४७ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यस्तै नुवाकोटका २ सय २३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नुवाकोटका ६ हजार ४ सय १३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया