नुवाकोटका २ सय ३२ वटा विद्यालयको पूननिर्माण सम्पन्न

विदुर खबर २०७७ कार्तिक १८ गते ८:२५

नुवाकोट ।  विसं २०७२ बैशाख १२ को भूकम्पबाट क्षती भएका विद्यालयहरुको पूननिर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

Advertisement

भूकम्पले नुवाकोटमा ४ सय ५३ वटा विद्यालयहरुमा क्षति पुर्याएको थियो । ती मध्ये भूकम्पको कारण ३ सय ६४ वटा विद्यालयमा पूर्ण क्षती र १ सय २० वटा विद्यालयमा आंसिक क्षती पुगेको थियो । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) नुवाकोटको अनुसार गत आर्थिक वर्ष २०७६ ÷७७ को अन्त्य सम्ममा विद्यालय व्यवस्थापन मार्फत निर्माण भइरहेका २ सय ८५ वटा विद्यालय मध्ये २ सय ३२ वटाको पूननिर्माण सम्पन्न भइसकेको छ ।

जापान सरकारको ऋण सहयोगमा पूननिर्माण भइरहेका ५७ वटा मध्ये ५० वटा, भारतीय सरकारको अनुदान सहयोगमा पूननिर्माण भइरहेका ५ वटा मध्ये ३ वटा विद्यालयको भवन पूननिर्माण सम्पन्न भएका छन् । एसियाली विकास बैङ्कको ऋण तथा अनुदान सहयोगमा विपद उत्थानशिल विद्यालय परियोजना मार्फत ६ वटा विद्यालयहरुमा पूननिर्माणका कार्य भइरहेका छन् भने ३ वटा विद्यालयहरुको प्रवलिकरणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको कार्यालयका प्रमुख दिनानाथ गौतमले बताए । आर्थिक वर्ष २०७६ ÷७७ देखि भारतीय सरकारको अनुदान सहयोगमा थप ४ वटा विद्यालय भवनको पूननिर्माणको कार्य सुरु भएको छ ।

Advertisement

। गैर सरकारी सस्थाहरु र व्यक्तिगत रुपमा दाताहरुले जिल्लाका १ सय ८७ विद्यालयहरुको भवन र सौचालय पूननिर्माण गरेको अवस्था छ । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ देखि आर्थिक वर्ष २०७६ ÷७७ सम्म नेपाल सरकारको अनुदानमा विद्यालय व्यवस्थापन समिति मार्फत २ सय १७ वटा विद्यालयको ७ सय ८८ वटा कक्षाकोठाको पूननिर्माण सकिएको छ ।

ती मध्ये ककनी गाउँपालिकामा रहेको २५ वटा विद्यालयको ९४ वटा कक्षा कोठा, किस्पाङ गाउँपालिकाको १४ वटा विद्यालयको ५२ वटा कक्षाकोठा, तादी गाउँपालिकाको १४ वटा विद्यालयको ४३ वटा कक्षाकोठ, तार्केश्वर गाउँपालिकाको २० वटा विद्यालयको ७५ वटा कक्षाकोठा विद्यालय व्यवस्थापन समिति मार्फत पूननिर्माण कार्य सम्पन्न गरिएको छ ।

Advertisement

यस्तै दुप्चेश्वर गाउँपालिकाको २६ वटा विद्यालयको ८१ वटा कक्षाकोठा, पञ्चकन्या गाउँपालिकाको १२ वटा विद्यालयको ४५ वटा कक्षाकोठा, विदुर नगरपालिकाको २७ वटा विद्यालयको ९८ वटा कक्षाकोठा, बेलकोटगढी नगरपालिकाको १५ विद्यालयको ६९ वटा कक्षाकोठा, म्यागङ गाउँपालिकाको १७ वटा विद्यालयको ६० वटा कक्षाकोठा, लिखु गाउँपालिकाको ११ वटा विद्यालयको ४५ वटा कक्षाकोठा, शिवपुरी गाउँपालिकाको २३ वटा विद्यालयको ८५ वटा कक्षा कोठा र सूर्यगढी गाउँपालिकाको १३ वटा विद्यालयको ४१ वटा कक्षाकोठा विद्यालय व्यवस्थापन समिति मार्फत पूननिर्माण कार्य सम्पन्न गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) नुवाकोटले जनाएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७३÷७४देखि २०७७ असार मसान्तसम्म नुवाकोटमा विद्यालय व्यवस्थापन समिति मार्फत निर्माण भएका विद्यालयहरुको लागि १ अर्व ४१ करोड, ५२ लाख ५३ हजार ९ सय ५८ रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७३÷५४ मा विद्यालय निर्माणको लागि २१ करोड ३९ लाख ५७ हजार रुपैयाँ, आर्थिक वर्ष २०७४÷७५ मा विद्यालय निर्माणको लागि ४८ करोड, २४ लाख १२ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५÷७६ मा विद्यालय र सौचालय निर्माणको लागि ३४ करोड ५ लाख ८० हजार रुपैयाँ र आर्थिक वर्ष २०७६÷७७ मा विद्यालय, सौचालय र खानेपानीको लागि ३७ करोड ८३ लाख २ हजार रुपैयाँ खर्च भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) नुवाकोटले जनाएको छ ।

यस्तै आपतकालिन विद्यालय पूननिर्माण आयोजना अन्तर्गत जापान सरकारको ऋण सहयोगमा ५७ वटा विद्यालयको लागि २ अर्व १५ करोड ३० लाख ८५ हजार रुपैयाँ, विपद उत्थानशिल विद्यालय परियोजना मार्फत ६ वटा विद्यालय पूननिर्माण भइरहेका छन् । त्यसको लागत २४ करोड ८७ लाख ५४ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । भारतीय सरकारको अनुदानबाट ९ वटा विद्यालयको भवनको निर्माण कार्य भइरहेका छन्। त्यसको लागत ४२ करोड १ लाख २० हजार रुपैयाँ लगानी हुने अनुमान गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) नुवाकोटले जनाएको छ ।

जापान सरकारको अनुदान सहयोग मार्फत त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको निर्माण सम्पन्न भइसकेको छ । उक्त विद्यालयको भवन निर्माण गर्न १० करोड ७ लाख ७९ हजार रुपौयाँ लगानी भएको बताइएको खबर कारोवार दैनिकमा छ ।

प्रतिक्रिया