बोक्सीको आरोपमा यातना दिएका नुवाकोटका सापकोटा पक्राउ

विदुर खबर २०७७ कार्तिक १७ गते २०:४५

नुवाकोट । बोक्सीको आरोपमा यातना दिएका नुवाकोटका सापकोटा पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा म्यागङ गाउँपालिका वडा नम्बर ५ का ३० वर्षिय दिपेन्द्र भन्ने दिनेश सापकोटालाई जिल्ला प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत नुवाकोटले वि. स. २०७३÷वैशाख १४ गते बोक्सीको आरोप लगाई यातना दिएको मुद्धामा दोषी ठहरिाई ५ बर्ष कैद , तथा ५० हजार जरिवाना र २५ हजार क्षतिपुर्ती भराउने फैसला भएकोमा उनी फरार रहेका थिए ।

उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरि जिल्ला अदालत नुवाकोटमा पेश गर्दा अदालतको आदेश अनुसार कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

Advertisement

प्रतिक्रिया