बहुविवाह गरेका बेलकोटगढीका अम्बरवहादुर पुर्पक्षको लागी कारागार चलान
विदुर खबर
२०७७ कार्तिक १७ गते २०:१५
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका एकज युवक वहुविवाहको अभियोगमा कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार वहुविवाह मुद्धामा कारागार जानेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ९ मादेखर्क ३० वर्षिय अम्बरबहादुर तामाङ रहेका छन् ।
उनले घरमा जेठि श्रीमती हुँदाहुँदै माईली तामाङलाई कान्छी श्रीमतीको रुपमा बिबाह गरी घरमा भित्राएको भन्दै उनकी जेठी श्रीमती सिता तामाङले बहुबिबाह मुद्दा प्रहरीमा दर्ता गराएकी थिइन् ।
उनलाई जिल्ला अदालत नुवाकोटमा पेश गरि अदालतको आदेश अनुसार पुर्पक्षको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया