नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ८

विदुर खबर २०७७ कार्तिक १७ गते १६:३३

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ८ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ८ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५ जना विदुर नगरपालिका र २ जना तादी गाउँपालिकाका रहेका छन् ।

संक्रमितमध्ये ३ पुरुष र ४ महिला रहेका छन् । उनीहरु होम आइसोलेसनमा उपचाररत रहेको खनालले जानकारी दिए । यससँगै नुवाकोटका ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Advertisement

यस्तै नुवाकोटका २ सय २ जना कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्कीएका छन् । पछिल्लो २४ घण्टामा ३ पुरुष र एक महिला कोरोनामुक्त भएर घर फर्किएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ५३ पुरुष र ४६ महिलासहित ९९ सय जनाको पिसिआर संकलन गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया