नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ सय ९२ पुग्यो

विदुर खबर २०७७ कार्तिक १५ गते २०:३६

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ सय ९२ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा २५ जना कोरोना संक्रमित थपिएसँगैृ जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ९२ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ५ महिला र १७ पुरुष तथा दुप्चेश्वर गाउँपालिकाका दुई महिला र एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । हाल उनीहरु होम आइसोलेसनमा उपचार गरिरहेको खनालले बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । घर फर्कनेमा विदुर नगरपालिकाका एक पुरुष तथा दुप्चेश्वर गाउँपालिकाका दुई पुरुष र एक महिला रहेका छन् । यससँगै नुवाकोटमा निको भएर घर फर्कने कोरोना संक्रमितको संख्या एकसय ८८ पुगेको छ । हालसम्म नुवाकोटका एक व्यक्तिको कोरोना भाइरसको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

कार्यालयका अनुसार नुवाकोटका ६ हजार एकसय ४१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया