नुवाकोटको लिखुबाट गाडी तोडफोड गरेको आरोपमा ४ पक्राउ

विदुर खबर २०७७ कार्तिक १३ गते २०:०१

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ५ स्थित ढिकुरे–छहरे सडकखण्डमासेवन मादक पदार्थ सेवन गरी गाडी तोडफोड गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

पक्राउ पर्नेहरुमा पंञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का २३ वर्षिय सुनिल राई, वडा नम्बर १ का २३ वर्षिय दिनेश राई तथा लिखु गाउँपालिका वडा नम्बर ४ का २३ वर्षिय अनिल राई र २६ वर्षिय प्रयास राई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पक्राउ परेका उनीहरुले ढिकुरे–छहरे सडकखण्डमा मादक पदार्थ सेवन गरी झ–(झगडा गरेको तथा पार्किङ गरि राखेको गाडिहरु तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

त्यस्तै प्रहरीले घटनामा संलग्न रहेका थप ब्यक्तिहरुको खोजतलास जारी रहेको बताएको छ ।

प्रतिक्रिया