नुवाकोटमा आज थप ७ जनामा कोरोना पुष्टि,संक्रमित संख्या ७ सय १७ पुग्यो

विदुर खबर २०७७ कार्तिक ९ गते २०:४०

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको बेलकोटगढी नगरपालिका र शिवपुरी गाउँपालिकाका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तम खनालका अनुसार पछिल्लो २४ घण्टामा बेलकोटगढी नगरपालिकाका ५ पुरुष र एक महिला तथा शिपवुरी गाउँपालिकाका एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै होम आइसोलेसनमा उपचार गरिरहेको खनालले जानकारी दिए ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ सय १७ पुगेको छ जसमध्ये ३ सय १५ जना पुरुष र एकसय २ महिला रहेका छन् । त्यस्तै नुवाकोटका एकसय ६३ जना कोरोना निको भएर घर फर्किएका छन् ।

Advertisement

खनालका अनुसार नुवाकोटमा हालसम्म ५ हजार ८ सय ८८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया