नुवाकोटमा ढुङगाले हान्दा एक व्यक्तिको ज्यान गयो

विदुर खबर २०७७ कार्तिक ९ गते २०:२७
सूचक फोटो

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. १३ डाडाँकटेरीमा ढुङगाले हानेर एक व्यक्तिको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा डाडाँकटेरीका बिष्णु बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई डाडाँकटेरीकै कृष्ण प्रसाद पाण्डेले लेनदेनको बिषयमा विवाद हुँदा टाउँकोमा ढुङगाले प्रहार गरी घाईते बनाएका थिए । थापाको उपचारको लागि त्रिशुली अस्पतालमा पुर्याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्युपछि कृष्ण प्रसाद पाण्डे फरार रहेकोमा प्रहरी टोलीले पक्राउ गरी कानुन अनुसार आवश्यक पक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया