वडादशैँको पूर्वसन्ध्यामा नुवाकोट दरवार क्षेत्रमा शुभकामना आदानप्रदान

विदुर खबर २०७७ कार्तिक ८ गते १९:५७

नुवाकोट । वडादशैँको पूर्वसन्ध्यामा नुवाकोट दरवार क्षेत्रको तोपखानामा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

नुवाकोट सम्पदा गाउँले आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि हङकङका लागि महाबाणिज्यदुत उदय रानामगरले सम्मान ग्रहण गर्दै स्वसाशित क्षेत्रको रुपमा रहेको कारण व्यापार र पर्यटनलाई कुटनितिक रुपमा आफू लागि पर्ने बताए ।

त्यस्तै, देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण, विस्तार र प्रवर्द्धन गर्न सम्पदा गाउँको महत्त्वपूर्ण भुमिका रहने बताए । नुवाकोट सम्पदा गाउँका अध्यक्ष पुष्कर शर्मा रिमालको अध्यक्षतामा भएको कार्यक्रममा बिनासलाई अवसरको रुपमा ग्रहण गरि नुवाकोट सम्पदा गाउँको अवधारणा नुवाकोटबासीले लिएर संस्थाको स्थापना भएको बताए ।

Advertisement

विभिन्न सम्भावनाहरुलाई पहिल्याउने क्रममा पर्यटकहरुलाइ आकर्षण केन्द्र को रुपमा बिकास गर्नुपर्छ भनेर नुवाकोट दरवार क्षेत्रलाई लागेको बताए । त्यस्तै मौलिक संरचना, सास्कृतिक पहिचान, एकीकृत पर्यटन,सामाजिक समृद्धिको अभियान भन्ने नाराका साथ दरवार क्षेत्र अघि बढेको बताए ।

प्रतिक्रिया