नुवाकोटका थप ३० जनामा कोरोना भाइरस संक्रमण
विदुर खबर
२०७७ कार्तिक ८ गते १९:४३
नुवाकोट । नुवाकोटका थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ५० जनामा पिसिआर परिक्षण गर्दा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ सय १० पुगेको छ ।
खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका १७ पुरुष र ८ महिलासहित २५ जना र सुर्यगढी गाउँपालिकाका ४ महिला र एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १० जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण निको हुनेको संख्या एकसय ६३ पुगेको छ ।
हालसम्म नुवाकोटमा ५ हजार ८ सय ५१ जनाको पिसिआर परिक्षण गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया