नुवाकोटका थप ३० जनामा कोरोना भाइरस संक्रमण

विदुर खबर २०७७ कार्तिक ८ गते १९:४३

नुवाकोट । नुवाकोटका थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ५० जनामा पिसिआर परिक्षण गर्दा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ सय १० पुगेको छ ।

खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका १७ पुरुष र ८ महिलासहित २५ जना र सुर्यगढी गाउँपालिकाका ४ महिला र एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १० जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण निको हुनेको संख्या एकसय ६३ पुगेको छ ।

Advertisement

हालसम्म नुवाकोटमा ५ हजार ८ सय ५१ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया