जो जहाँ छौं, त्यही रहेर दशैं मनाऔं: प्रधानमन्त्री
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरस महामारीको संक्रमणको वेग थामी नसक्नु भएकाले जो जाहाँ छौ, त्यही रहेर दसैं मनाउन आग्रह गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
संक्रमण रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले सम्पूर्ण प्रयास केन्द्रित गरेको गरेको पनि उनले बताए । सरकारले उपचारको दायित्व पुरा गर्न कुनै पनि बहानामा पछि नहट्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
लकडाउन गरेदेखि जनतालाई भयभित बनाउने अफवाह छरिएको प्रधानमन्त्री ओलीले बताए । उनले भने,‘सक्रिय संक्रमितको एउटा मात्रै केस हुँदा होस् वा अहिले एकैदिनमा ५ हजारभन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिब करिब उस्तै रहेको देखिन्छ ।’
संक्रमितको मृत्युदर ०.६ प्रतिशतभन्दा माथि जान नसकेको भन्दै प्रधानमन्त्री ओलीले संक्रमितको निको हुने क्रम बढेको पनि दावी गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया