नुवाकोटको विदुर नगरपालिका कोरोनाको हटस्पट बन्दै
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका कोरोनाको हटस्पट बन्दै गएको छ ।
पछिल्लो दिनयता विदुर नगरपालिकामा दिनानुदिन कोरोना संक्रमितको संख्या वृद्दि हुँदै जानुले नगरपालिकाको सदरमुकाम क्षेत्र कोरोनाको हटस्पट बन्दै गएको हो । विदुर नगरपालिकाको बजार क्षेत्रहरु कोलनी,त्रिशुली,ढुङ्गे,विदुर बट्टार लगायतका स्थानमा दैनिकजसो धेरैलाई कोरोना संक्रमण भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सोमबार मात्रै विदुर नगरपालिकाका ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४६ जना पुरुष र ७ जना महिला रहेका छन् । नगरपालिकाको अधिकांश भाग बजार क्षेत्रमा रहनु तथा उच्च सावधानी नअपनाउँदा बजार क्षेत्रमा कोरोना संक्रमण बढेको सरोकारवालाहरु बताउँछन् ।
यसले नगरपालिकामा भयाभय अवस्था सिर्जना हुनसक्ने भन्दै नगरपालिकाले उच्च सावधानी अपनाउनु पर्नेमा नगरपालिका भने मौन देखिएको छ । त्यस्तै बजार क्षेत्रमा भेटिएका संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ गर्नुपर्नेमा नगरपालिकाले हालसम्म सो काम गर्न सकेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया