नुवाकोटमा एकैदिन ५५ जनामा कारोना संक्रमण पुष्टि, विदुर नगरपालिकाकै ५३ जना

विदुर खबर २०७७ कार्तिक ३ गते १६:५४

नुवाकोट । नुवाकोटमा एकैदिन ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ५३ जना, शिवपुरी गाउँपालिकामा एक जना र किस्पाङ गाउँपालिकाका एकजनामा कोरोना संक्रमण देखिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ४६ पुरुष र ७ महिलामा कोरोना संक्रमण देखिएको हो । सुचना अधिकारी खनालका अनुसार शिवपुरी गाउँपालिकाका एक महिला र किस्पाङ गाउँपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ सय ८ पुगेको छ । त्यस्तै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ७० पुगेको छ । यस्तै नुवाकोटमा कोरोना निको भएर घर जानेको संख्या एक सय ३७ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया