गेर्खुमा एक जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा पनि कोरोना संक्रमित भेटिएका छन् ।
वडा नम्बर ११ वडा कार्यालयमा काम गर्ने एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष तोयानाथ तिम्सीनाले जानकारी दिए । केही दिनअघि वडाका सो कर्मचारी पिसिआर परिक्षण गर्दा आज उनको रिर्पाेट पोजेटिभ देखिएको वडाध्यक्ष तिम्सीनाले बताए । वडा कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै विदुर नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय अर्काे सुचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको वडाध्यक्ष तिम्सीनाले विदुर खबरलाई जानकारी दिए ।

विदुर नगरपालिका वडा नम्बर ११ वडाध्यक्ष तोयानाथ तिम्सीना ।
वडाध्यक्ष तिम्सीनाले वडाको एक कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अत्याआवश्यक कामवाहेक घरवाहिर ननिस्कन सवै वडाबासीलाई आग्रह गरेका छन् । विदुर खबरसँग कुराकानी गर्दै वडाध्यक्ष तिम्सीनाले वडाभित्र कोरोना भाईरसका संक्रमित देखिएकोले भीडभाड हुने कुनै पनि कार्य नगर्न र नगराउन समेत आग्रह गरेका छन् । वडाध्यक्ष तिम्सीनाले , चाडपर्व नजिकिएसँगै ‘कोरोनाको जोखिम बढ्दै जाँदा गाउँमा भीड बढेको छ । स्वास्थ्य मापदण्डको ख्याल नगरी संचालित व्यापार व्यवसाय सँगैको असावधानीले समुदायमा संक्रमण बढ्दो छ । त्यसैले सबैको साथ र सहयोगको खाँचो छ ।’
उनले वडा क्षेत्रभित्र रहेका पसलहरुमा आवश्यक कामभन्दा बढी समय नबस्न र चाडपर्वमा जाँड, रक्सी तथा जुवातास खेलेर होहल्ला नगर्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया