नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय १५ पुग्यो

विदुर खबर २०७७ कार्तिक २ गते १६:२४

नुवाकोट । नुवाकोटमा आज ४ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा जिल्लाको शिवपुरी गाउँपालिकामा २ जना र लिखु र सुर्यगढी गाउँपालिकामा समान एक÷एक जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको लिखु गाउँपालिकाकी ८० वर्षिय महिला, सुर्यगढी गाउँपालिकाका २५ वर्षिय एक पुरुष तथा शिवपुरी गाउँपालिकाका ४५ र ६१ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये शिवपुरी गाउँपालिकाकी ६१ वर्षिय महिलाको मृत्यु भएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । यससँगै नुवाकोटमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

यस्तै नुवाकोटमा कोरोना संक्रमितको संख्या २ सय ५३ पुगेको छ । जसमा एकसय ९१ पुरुष र ६२ जना महिला रहेका छन् । कार्यालका अनुसार जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय १५ पुगेको छ ।

त्यस्तै नुवाकोटका एकसय ३७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement

प्रतिक्रिया