नुवाकोटको शिवपुरीकी ६१ वर्षिय महिलाको कोरोनाको कारण मृत्यु
विदुर खबर
२०७७ कार्तिक १ गते २०:२६

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाकी एक महिलाको कोरोना भाइसरको कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेकी ६१ वर्षिय दिलकुमारी गुरुङ रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनको सिक्रेमै मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु केशीले जानकारी दिइन् ।
यससँगै नुवाकोटमा पहिलो पटक कोरोना संक्रमणको कारण एक व्यक्तिको ज्यान गएको छ । यसअघि नुवाकोट जिल्ला स्थाई घर भई राजधानी काठमाण्डौ वसोवास गर्दै आएका अन्य दुई जनाको कोरोना संक्रमणको कारण मुृत्यु भएको थियो
कोरोना संक्रमकणबाट मृत्यु भएकी उनको शव व्यवस्थापनको लागि सेनाको टोली विदुरबाट सिक्रे प्रस्थान गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत





प्रतिक्रिया