नुवाकोटका शक्तिपीठहरुमा सर्वसाधारणलाई प्रवेश निषेध
विदुर खबर
२०७७ असोज ३० गते २०:२०
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले दशैंको समयमा मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा बाहेक भक्तजनका लागि प्रवेश निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको जानकारी दिए ।
तर नित्य पूजाआजा भने नियमितरुपमा सूचारु गर्न सकिने उनले बताए । मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि यस्तो निर्णण गरिएको उनले बताए ।
महान चाड बडादशैंको बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गरिन्छ भने धेरै संख्यामा भक्तालुहरु पुग्ने गर्छन् । त्यसैले मन्दिरहरुमा हुनसक्ने भिडभाडलाई ध्यान दिँदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया