नुवाकोटका शक्तिपीठहरुमा सर्वसाधारणलाई प्रवेश निषेध
विदुर खबर
२०७७ असोज ३० गते २०:२०

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले दशैंको समयमा मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा बाहेक भक्तजनका लागि प्रवेश निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले मन्दिर तथा शक्तिपीठहरुमा भिडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको जानकारी दिए ।
तर नित्य पूजाआजा भने नियमितरुपमा सूचारु गर्न सकिने उनले बताए । मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि यस्तो निर्णण गरिएको उनले बताए ।
महान चाड बडादशैंको बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गरिन्छ भने धेरै संख्यामा भक्तालुहरु पुग्ने गर्छन् । त्यसैले मन्दिरहरुमा हुनसक्ने भिडभाडलाई ध्यान दिँदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया