आज नुवाकोटमा थपिए सातजना कोरोना संक्रमित

विदुर खबर २०७७ असोज ३० गते १९:४८

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिका,ककनी गाउँपालिका र शिवपुरी गाउँपालिकामा कोरोना संक्रमित भेटिएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ५ पुरुष र ककनी गाउँपालिका र शिवपुरी गाउँपालिकामा एक÷एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २ सय ४० पुगेको छ । जसमध्ये एकसय ८५ पुरुष र ५५ जना महिला रहेका छन् ।
यसैविच पछिल्लो २४ घण्टामा नुवाकोटका एक जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कार्यालयका सुचना अधिकारी खनालका अनुसार यसँसैगै जिल्लाका एक सय ३९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement

त्यस्तै जिल्लाका एकसय ४ जना कोरोना संक्रमित अस्पतालको आइसोलेसन वार्ड, आइसोलेसन सेन्टर र होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया