नुवाकोटको सुर्यगढीमा अस्पताल निर्माणको अधिकारीले गरे ७ रोपनी जग्गादान

विदुर खबर २०७७ असोज २९ गते ८:१४

नुवाकोट । सुविधाजनक अस्पताल नहुदा नुवाकोटको सुर्यगढी गाउँपालिकाका नागरिकहरु सामान्य स्वास्थ समस्या हुँदा पनि सदरमुकाम तथा राजधानी जानू पर्ने बाध्यता अब अन्य हुने भएको छ ।

Advertisement

गाउँपालिकाको आफ्नो जग्गा नहुदा भवन निर्माण अन्योल भैरहेको बेला नेपाली कांग्रेसका महासमिति सदस्य एवं साबिक बागेश्वरी गाबिसका उपाध्यक्ष शिव प्रसाद अधिकारी र उहाँका भाइ नवराज अधिरारिले सुर्यगढी गाउँपालिका लाई बुधबार ७ रोपनी जग्गा दान गर्नु भएको छ । यस संगै अब सुर्यगढी गाउँपालिकामा अस्पताल निर्माण हुने निश्चिति भएको छ ।

सुर्यगढी गाउँपालिका केन्द्र नजिकै वडा नम्बर २ भदौरेमा रहेको उक्त जग्गा बुधबार नुवाकोट मालपोत कार्यलयमा रजिस्टेसन पास गरि गाउँ पालिका लाई हस्तान्तरण गर्नुभएको छ । जग्गा दान गर्नु भएकोमा अधिकारि दाजुभाइ लाई गाउँपालिका को तर्फबाट धन्यवाद दिदै अब चाडै नै १० शैय्याको अस्पताल निर्माण हुने गाउँपालिका अध्यक्ष सन्त बहादुर घलेले जानकारी दिनु भयो । गाउँपालिकाका इन्जिनियर सुवास अधिकारीका अनुसार उक्त अस्पताल करिब ४ करोड लागतमा निर्माण हुने छ।

Advertisement

आफुले लोकप्रियताको लागि नभै त्यस भेगको जनताको सुबिधाको लागि आफू शीत भएको जग्गा उपलब्ध गरायको जग्गादाता एवं कांग्रेस महासमिति सदस्य शिव प्रसाद अधिकारीले बताय ।

प्रतिक्रिया