नुवाकोटमा कोरोना संक्रमित कति पुगे ?

विदुर खबर २०७७ असोज २८ गते २०:५६

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिका ४ पुरुष र किस्पाङ गाउँपालिकाका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका ५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै जिल्लाको कोरोना निको भएर घर जानको संख्या एकसय ३४ पुगेको छ ।  यस्तै जिल्लामा ९६ जना संक्रिय कोरोना संक्रमित रहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । उनका अनुसार अस्पतालको आइसोलेसनमा १९ जना,आइसोलेसन सेन्टरमा रहेका १७ जना र होम आइसोलेसनमा रहेका ६० जना उपचाररत रहेका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म जिल्लामा ५ हजार २ सय ५१ जनाको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरिएको छ ।

प्रतिक्रिया