पञ्चकन्या गाउँपालिकमा स्यानीटरी प्याड उद्योग स्थापना गरिने

नुवाकोट। नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा पन्चकन्या स्यानीटरी प्याड उद्योग स्थापना गरिने भएको छ ।
पञ्चकन्या गाउँपालिका, युनडिपि नेपाल तथा रुडेक नेपालको आर्थिक सहयोगमा कङ्केस्वरी महिला समुहको सहकार्यमा स्यानीटरी प्याड उद्योग स्थापना गर्न लागिएको हो । उद्योग स्थापनाको लागि गाउँपालिकाबाट १ लाख ८० हजार रुपैयाँ, युएनडिपि नेपालबाट १ लाख ८० हजार रुपैयाँ र नपुग रकम महिला समुहले लगानी गर्नेछ ।
उद्योग स्थापनाको लागि समूहका १९ जना महिलालाई स्यानिटरी प्याड बनाउने तालिम दिने र ती तालिम प्राप्त महिलाहरुले उत्पादन गरेका प्याड उद्योगले खरिद गर्ने रुडेक नेपालका कार्यकारी निर्देशक यमुना पण्डितले बताउनुभएको छ ।
एक्सपोज नेपालको सहकार्यमा महिला समूहका पदाधिकारीकारीलाई विहिवारदेखि ५ दिने तालिम संचालन गर्न लागिएको छ । एक्सपोज नेपालले सामग्री उपलब्ध गराउने र प्रति प्याड २७ रुपैयाँ समूहलाई उपलव्ध गराउने रुडेक नेपालका कार्यकारी निर्देशक पण्डितले बताउनुभएको छ ।
साथै चालु आर्थिक वर्षदेखि नै विद्यालयहरुमा आवस्यक स्यानिटरी प्याड समूहले उत्पादन गर्ने लक्ष्य लिइएको छ । “सामुदायिक संरचना तथा जिविकोपार्जन पुर्नस्थापना कार्यक्रम” अन्तर्गत रहेर पन्चकन्या स्यानीटरी प्याड उद्योग स्थापना गर्न लागिएको रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया