जेसिजको राष्ट्रिय अध्यक्षमा नुवाकोटका रविन पोखरेलको उम्मेदवारी

विदुर खबर २०७७ असोज २८ गते २०:०५

नुवाकोट । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा नुवाकोटका युवा रविन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।

                                                                जेसिजको राष्ट्रिय अध्यक्षमा उमेद्दवारी दिँदै पोखरेल ।

Advertisement

पोखरेलले बुधवार नुवाकोटको विदुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल जेसिज वर्ष २०२१ को अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।  यसअघि उनले वर्ष २०१३ का संस्थापक सदस्य र  वर्ष २०१६ का नुवाकाेट जेसीजका शाखा अध्यक्ष रुपमा काम गरिसकेका छन् । पोखरेलले जेसिजलाई समयअनुकल समाजमा समायोजन गर्दै अघि बढाउन आफूले उम्मेद्वारी घोषणा गरेको बताएका छन् । जेसिजमा भएका युवाहरुलाई देश विकाश र समृद्धीको अभियानमा सहभागी गराउने उनको योजना छ । उनले भने ‘देश समृद्धीको महाअभियानमा छ । त्यसका लागि जेसिजले आफ्ना सबै सदस्यलाई उत्पादन र आर्थिक समृद्धीसंग जोडेर देश निर्माणको यो अभियानलाई मेरो कार्यकालमा सघाउनेछ ।’ युवाहरुलाई समाजसेवामा प्रेरित गर्न,सामुहिक सहभागितामा निर्णय गर्न र युवाहरुलाई नेतृत्वमा पु¥याउन आफूले सदैव अग्रणी हुने पोखरेलको दाबी छ ।

यस्तै कार्यक्रममा नुवाकोट जेसिज वर्ष २०२० का अध्यक्ष श्रीकृष्ण आचार्यले नुवाकोट जेसिजले रााष्ट्रको प्रतिनिधित्व गर्न लागेको भन्दै जिल्लाका सबै युवाहरु पोखरेलको अभियानलाई सघाउन तयार रहेको उल्लेख गरे ।

Advertisement

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बाग्मति प्रदेशका संयोजक सन्तोष उप्रेती,नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष गिता अमात्य, नुवाकोट जेसिज वर्ष २०१९ का अध्यक्ष दुर्गाराज पाठक लगायतले नुवाकोट जेसिजको आफ्नो छुट्टै र गौरवमय इतिहास रहेको भन्दै नुवाकोटबाट उमेद्दवारी दिएका पोखरेललाई जिताउन आफुहरु भौतिक र आर्थिक दुबै तरिकारले सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा नुवाकोट जेसिजका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया