नुवकोटमा कोरोना संक्रमितको संख्या २ सय २५ पुग्यो

विदुर खबर २०७७ असोज २७ गते १६:२०

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या २ सय २५ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ११ जना कोरोना संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय २५ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको तादी गाउँपालिकामा ६ जना पुरुष, ककनी गाउँपालिकाका एक पुरुष र एक महिला तथा विदुर नगरपालिकाका २ पुरुष र एक महिलमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमितमध्उे तादी गायँपालिकाका ६ तथा ककनी गाउँपालिकाका २ जना तथा विदुर नगरपालिकाका एक पुरुष र एक महिला होम आइसोलेसनमा र विदुर नगरपालिकाका एक पुरुष अस्पतालको आइसोलेसनमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससँगै नुवाकोटमा संक्रिय कोरोना संक्रमितको संख्या ९६ पुगेको छ ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ४ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन् । घर फर्कनेमा २ पुरुष र २ महिला रहेका छन् । यससँगै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या एकसय २९ पुगेको छ ।

प्रतिक्रिया