पञ्चकन्यामा टोलटोलमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण अभियान सुरु

विदुर खबर २०७७ असोज २७ गते १२:३०

नुवाकोट ।  नुवाकोटको पञ्चकन्या गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा टोलटोलमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने अभियान सुरु भएको छ ।

Advertisement

गाउँपालिकाको वडा नम्बर १ मा आइतवारदेखि उक्त अभियान सुरु भएको हो । वडाको टोलटोलमा स्वास्थ्य कर्मीको टोली पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गराउने र तोकिएको स्थानमा पुग्न नसकेका जेष्ठ नागरिकको घरमा नै पुगेर स्वास्थ्य परिक्षण गरिने वडा अध्यक्ष मणिनाथ लामिछानेले बताउनुभएको छ ।

स्वास्थ्य परिक्षण गराउदा आवस्यकता अनुसार नेपाल सरकारले निशुल्क उपलव्ध गाउने औषधी समेत प्रदान गरिने वडा अध्यक्ष लामिछानेले बताउनुभएको छ । निशल्क बाहेकका औषधी आवस्यक परेमा अस्पताल गएर किन्नको लागि समेत सिफासि गरिने वडा अध्यक्ष लामिछानेले बताउनुभएकोे छ ।

Advertisement

जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जनचेतना प्रवाह गर्ने उदेस्यले यो अभियान सुरु गरिएको हो । आइतवार र सोमबार गरी दुई २ मा एक सय जनाको हारहारीमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ ।

यो अभियान यहि असोज ३० गते सम्म वडामो विभिन्न टोलमा सञ्चालन गरिने वडा अध्यक्ष लामिछानेले बताउनुभएको छ ।

Advertisement

प्रतिक्रिया