नुवाकोटमा साढे ५ हजारको पिसिआर परिक्षण

विदुर खबर २०७७ असोज २६ गते १०:५०

नुवाकोट । नुवाकोटमा झण्डै साढै ५ हजार जनाको पिसिआर परिक्षण गरिएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ११ पुरुष र १ महिलाको पिसिआर परिक्षण गरिएसँगै जिल्लाका ५ हजार एकसय ३२ जनाको पिसिआरको लागि स्वाव संकलन गरिएकोे जानकारी दिए । जिल्लाका ३ हजार ९ सय २६ पुरुष र एक हजार द्द सय ६ महिलाको स्वाव संकलन गरिएको कार्यालयको भनाई रहेको छ ।

पिसिआर परिक्षण गरिएकामध्ये ५ हजार ६८ जनाको नजिता प्राप्त भएको तथा ६४ जनाको रिर्पाट आउँन बाँकी रहेको कार्यालयका सुचआ अधिकारी खनालले बताए । नुवाकोटमा हालसम्म २ सय १४ जनामा कोरोना संक्रमण भइसकेको छ भने एकसय २५ जना निकाृ भएर घर फर्किसकेका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया